अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 11:13

‘ए’ डिभिजन लिग : मच्छिन्द्रले एपीएफलाई हरायो, आर्मी र सङ्कटाको बराबरी

बिआरटीनेपाल २०८० वैशाख २४ गते ६:२२ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराएको छ ।दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई  २–१ गोलले हरायो । मच्छिन्द्रका ओलावाले हाफिज र ओमालाजा करिमले गोल गरे । एपीएफका अर्माण्ड विडोमले गोल फर्काए ।

जितसँगै मच्छिन्द्र २४ अङ्कसहित चौथो स्थानमा पुगेको छ । १९ अङ्क रहेको एपीएफ नवौँ स्थानमा छ ।  आजै  एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा त्रिभुवन आर्मी र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको  छ ।

आर्मीका भरत खवासले गोल गरेर टोलीलाई जिततर्फ डोहाेर्याए पनि सङ्कटाका युसुफ प्याट्रिसले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा ल्याए । आर्मी २१ अङ्कसहित छैटाैँ स्थानमा पुगेको छ । १७ अङ्कसहित सङ्कटा दशौँ स्थानमा छ।

प्रतिक्रिया