अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

ए डिभिजन लिगमा मच्छिन्द्रले सङ्कटालाई हरायो, एपीएफ र एनआरटीबीच रोचक बराबरी

बिआरटीनेपाल २०८० वैशाख २१ गते ६:५२ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई हराएको छ ।आज बिहीवार दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले सङ्कटालाई ३–१ गोलले हराएको हो । मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, विमल घर्तीमगर र आफिज ओलावालेले गोल गरे । सङ्कटाका लागि जुनियर एनकुगुएले गोल फर्काए ।

याे जितसँगै मच्छिन्द्र १४ खेलमा २१ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा पुगेको छ । सङ्कटा उति नै खेलमा १६ अङ्कसहित ११ औँ स्थानमा छ । आजै एन्फा कम्प्लेक्समा भएको सशस्त्र प्रहरीकाे एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल १–१ गोलको रोचक बराबरीमा सकिएको छ । खेलको अन्तिम समयसम्म एनआरटी ललनुनजामाकाे गाेलमा अघि थियो तर इन्जुरी समयको अन्तिम मिनेटमा एपीएफका डोम्बियाले गोल गरेर खेललाई बराबरीमा ल्याए ।

एपीएफ १४ खेलमा १९ अङ्कसहित तालिकाकाे सातौँ स्थानमा छ । एनआरटी उति नै खेलमा १७ अङ्कसहित नवाैँ स्थानमा छ ।

प्रतिक्रिया