अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

म्यानचेस्टर सिटी उक्लियो प्रिमियर लिगको शीर्ष स्थानमा

बिआरटीनेपाल २०८० वैशाख २१ गते ६:१९ मा प्रकाशित

वेष्ट ह्याम युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।बुधबार राति आफ्नै मैदानमा भएको खेलमा वेष्टह्यालमाई ३–० ले हराएर आर्सनललाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो ।सिटीको जितमा नाथन आके, अर्लिङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको ४९ औं मिनेटमा आकेले गोल गर्दै घरेलु टोली सिटीलाई अग्रता दिलाए । ७० औं मिनेटमा हाल्याण्डले गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८५ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए । यो खेलमा गोल गरेका हाल्याण्डले प्रिमियर लिगको एकै सिजनमा ३५ गोल गर्ने कीर्तिमान बनाएका छन् । यसअघि अलान शिएरर र एण्डी कोलको नाममा ३४ गोलको कीर्तिमान थियो ।

जितसँगै सिटी प्रिमियर लिगको अंक तालिकामा ३३ खेलबाट ७९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ३४ खेलबाट ७८ अंक जोडेको आर्सनल दोस्रो स्थानमा झर्दा तेस्रो स्थानको न्युकासल युनाइटेडले ३३ खेलबाट ६५ अंक जोडेको छ । वेस्ट ह्याम ३४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया