अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

लडेर पनि उठ्ने शाहस राख्यौ

आचार्य प्रभा २०८० वैशाख १३ गते १५:२३ मा प्रकाशित

कविता –

रवि तिमीले बधाई मात्र
ग्रहण गर्ने होईन
तिमी त अब त्यो निश्चल नभको
न्यानो रवि पो बन्नु पर्छ त !
जस्ले कठ्याङ्ग्रिएका आङ्गहरुमा
न्यानोपन छाउन अग्रसर बनोस्
अनि अन्धकार छाएका
ती युवाहरुको मुहारमा उज्यालो
किरण बनेर छाउन सकोस्।
तिमीले ओंठ तालु सुकाएर
चिच्याएका तिम्रा अनुनय,बिनयहरु
कसरी जनताले आत्मसात गरे ?
त्यस्को अर्थ बुझ्नु पर्छ अब तिमीले
आलिशान कुर्सिको मोह त्यागेर
जनताको घरपिंढीमा बस्न पुग्नु पर्छ
उसो त तिमी झैं कुर्लिने र उर्लिनेको
हुल नआएका कहाँ थिए र ?
तर तिनीहरु,
मात्र पदलोलुपतामा सिमित भए
न जनताको मर्का बुझे,
न त जनताको भोको पेटको
भाषालाई मनन गरे तिनीहरुले
केवल आफ्नो स्वार्थलिप्शामा डुबी रहे
मौका पाईञ्जेलसम्म।
तिमीले जनताको चाहनाको साखलाई
ईज्जत दिन सक्नु पर्छ,
रात रात खाली पेट राखेर
घोक्रो सुकुन्जेल तिम्रो जयगान गाएर
आफ्नो जीवनलाई दाउमा राखेर
तिमीलाई अघि बढाउँने लालचमा
कडोरौँ नेपालीहरुले आफूलाई
सामर्पित गरेका छन्
ती सब गुणहरुप्रती कृतज्ञ बन्नु पर्छ तिमीले
ज-जस्ले ढलाए तिमीलाई
तिनीहरुकै शीर ढलाउँन
उद्धत बने ती जनताहरु
अब ती शाहासी जनताहरुको
शीरको शान बन्नु पर्छ तिमीले।
तिमीले यो पनि हेक्का राख रवि
जसरी तिम्रो आत्माबललाई गिराउँन
लागी परे ती मानसिकताहरु
अब ती मानसिकताहरुप्रती पनि
तिमी ज्वलन्त उदाहरण बनेर
तिम्रै कार्यप्रती होस्टेमा हैंशे राख्न लगाउँने
हैशियत राख्नु पर्छ तिमीले
सहज छैन तिम्रो यात्रा
केवल जितले मात्र,
अझै तिमीले कयौं
फलामे चिउरा चपाउँनु पर्छ
कतिपय काँढे तारहरुलाई
तिमीले नाँघ्नु पर्नेछ
तिम्रा हर कदमहरुमा
माखेसाङ्ग्लो पक्कै बेह्रिनेछ
हो यस्ता यस्तै बाधा,अड्चनहरुसँग
तिमीले लड्डी खेल्नु पर्नेछ
के तिमी तत्पर छौ ?
हो रवि,तिमी पक्कै तत्पर छौ
त्यसैले लडेर पनि उठ्ने शाहस गर्यौ
उठेर पनि आफ्नो देशप्रती
समर्पित हुने प्रण गर्यौ
सलाम छ तिम्रो समर्पणप्रती
बिश्वास र आश छ तिम्रो कटिबद्धताप्रती
तिमी रवि हौ नेपाली आकाशको
तिमी बाँचुन्जेल उदाई राख
हर शाहासी युवाहरुको छातीमा
उज्यालो रवि बनी।


रचना -बैशाख १३ /२०८०