अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

धौलागिरी बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, क्याप्टेन घाइते

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:४६ मा प्रकाशित

धौलागिरी हिमालको बेसक्याम्प नजिकै हेलिकप्टर दुर्घटना भएको छ । अन्नपूर्ण बेस क्याम्पबाट धौलागिरी बेस क्याम्प जाँदै गरेको हेलिएभरेष्टको ९ एन–ए एनबी कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको हो धौलागिरी बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ठोकिएर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते हुनुभएको छ । उहाँको उद्दारका लागि अर्को हेलिकोप्टर पठाइएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिनुभएको छ ।

प्राधिकरणका अनुसार हेलिकोप्टर पोखराबाट धौलागिरी बेस क्याम्पको लागि समान लिएर गएको थियो । हेलिकोप्टरमा क्याप्टेन बाहेक अन्य यात्रु नभएका कारण मानवीय क्षति नभएको भुलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू