अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

सभामुखले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:१५ मा प्रकाशित

सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न भोलि बैठक बोलाउनु भएको छ । बैठक सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११.३० बजे बोलाइएको छ । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनु भएको छ ।

वैशाख २८ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू