अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

गण्डकीका सभामुखको कार्यशैलीप्रति कांग्रेसको भर्त्सना

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ८:०० मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा सभामुखबाट असंवैधानिक कार्य भएको भन्दै घोर निन्दा र भर्त्सना गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीेले विश्वासको मत लिने क्रममा भएको घटनाको भर्त्सना गर्नुभएको हो । विज्ञप्तिमार्फत कांग्रेसले सभामुखद्वारा संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत भएको असंवैधानिक कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु गलत भएको जिकिर गरेको छ । “उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथि कै ठाडो प्रहार हो र यसले सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ । यो असंवैधानिक कार्यको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,” विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू