अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

वामदेवलाई ओलीको जवाफ – एकताको भावना सकारात्मक छ, छलफल गरौं

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:४० मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रश्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको छ । सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी हुनुभएको नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटो भन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दवाब दिन एमाले नेता, कार्यकर्तालाई दबाब दिन आग्रह गर्नुभएको थियो ।

ओलीले त्यसको जवाफ दिनेक्रममा सो प्रतिक्रिया दिनुभएको हो । उहाँले सो विषयमा छलफल गर्नका लागि उपयुक्त थलो नभएकाले त्यस विषयमा प्रवेश नगर्ने उल्लेख गर्दै पछि अर्को समयमा छलफल गर्ने पनि बताउनुभयो । अध्यक्ष ओलीले गौतमको भावनालाई अघि बढाउने बताउनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेको उल्लेख गर्दै सो अभियानको पनि सफलताको कामना गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू