अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

संविधान अनुसारका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेन : सञ्चारमन्त्री

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:३२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनुभएको छ । सोमबार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भएपनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाइ सरकारी सञ्चारमाध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको पनि बताउनुभयो ।

गोरखापत्र संस्थानको संरचनागत अवस्था र व्यवस्थापन पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र बजारको व्यवस्था गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले सरकारी मिडियाहरु सरकारका भजनमण्डलीका रुपमा मात्रै रहनु नहुने बताउनुभयो । उहाँले सरकारी मिडियाहरु सरकार र जनताबीचको पुल बन्न सक्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू