अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

नक्कली लाइसेन्स वितरण भइरहेकाे सुनेकाे छु, तत्काल राेक्नुस् : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८१ वैशाख २४ गते ७:५४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गर्नुभएको छ ।

चालक अनुमति पत्र वितरणमा भइरहेको ढिलाइ, नक्कली अनुमति पत्र वितरणलगायतका समस्याको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले विभागका अधिकारीहरूलाई बोलाएर छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नक्कली लाइसेन्स वितरण भइरहेको कुरा सुनेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिनुभयो ।

छलफलमा प्रचण्डले चालक अनुमति पत्रसम्बन्धी डिजिटल प्रणालीलाई व्यवस्थित बनाउन पनि निर्देशन दिनुभयो । उहाँले नीतिगत समस्या भएमा आफूलाई सुझाव दिन भन्दै अन्यथा समस्याको तत्काल समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू