अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:३८ मा प्रकाशित

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो ।रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन वटै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै अपराजित टोली रुस ३ खेलमा ९ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलमा भारत र बङ्लादेशको ६ अङ्क छ । नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ ।

नेपालको ३ खेलमा ३ अङ्क छ । अब नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि आयोजक बङ्लादेशसँग खेल्नेछ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल, बङ्लादेश, भुटान, भारत र रुस सहभागी छन् । सिङ्गल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया