अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

नेपाली क्रिकेट एक तहमाथि पुग्यो- क्यान अध्यक्ष चन्द

बिआरटीनेपाल २०७९ चैत ३ गते ७:४९ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तहमाथि पुगेको बताउनुुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै शुक्रबार अध्यक्ष चन्दले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तहमाथि पुगेको रुपमा क्यानले लिएको बताउनुुभयो ।

चन्दले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनुुभयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभइ खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रुपमा क्रिकेटलाई राख्नुपर्ने बताउनुुभयो । सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने अध्यक्ष चन्दको भनाई थियो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग उहाँले आग्रह गर्नुुभएको छ ।

प्रतिक्रिया