अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३२ | Colorodo: 06:47

क्यानका कार्यवाहक सचिव मल्लद्धारा पदवाट राजीनामा

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:२४ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले पदबाट राजीनामा दिनु भएको छ ।नेपाल टी–ट्वान्टी लिगमा विवाद, फिक्सिङ, समयमै खेलाडीले पैसा नपाएको कारण चौतर्फी आलोचना तथा असफलतापछि मल्लले पोखरामा भएको बोर्ड बैठकमा मंगलबार राजीनामा दिनु भएको हो ।

नेपाल टी–ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका मल्लले गतवर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिनु भएपछि कार्यवाहकको जिम्मेवारी पाउनु भएको थियो ।मल्लको राजीनामा पछि केन्द्रीय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै, क्यानकै ६ केन्द्रीय सदस्यले नेपाल टी–ट्वान्टी लिगमा भएका विविध गल्तीको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताउँदै अध्यक्षसहित कार्यसम्पादन समितिको राजीनामा माग गर्दै पत्र बुझाएर बैठक छाडेका थिए । केन्द्रीय सदस्यहरु ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गर्दै बोर्ड बैठक छाडेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया