अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५२ | Colorodo: 00:07

क्यानको १३ निर्णय- निलम्बन फुकुवादेखि ग्रेडिङ्गसम्म

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:१९ मा प्रकाशित

पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले १३ वटा निर्णय पारित गरेको छ । अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा मंगलबार बसेको क्यानको बोर्ड बैठकले १३ निर्णय गरेको हो । क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि नेपाल टी–ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।

।एक नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । २० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ पुसमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

 

प्रतिक्रिया