अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३० | Colorodo: 23:45

टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशलाई

बिआरटीनेपाल २०७९ माघ १४ गते ६:४३ मा प्रकाशित

तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा एपीएफ क्लबलाई ३–२ को सेटले हराउँदै गण्डकीले उपाधि जितेको हो । पहिलो सेटमा पराजित भएको गण्डकीले दोस्रो र तेस्रो सेट जित्यो ।

चौथो सेट एपीएफले जित्दा खेल २–२ सेटको रोमाञ्चक अवस्थामा पुग्यो । अन्तिम सेट १५–८ ले जित्दै गण्डकी उपाधि जित्न सफल भयो । उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ र उपविजेता बनेको एपीएफले साढे दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । ंयस प्रतियोगिताको महिलातर्फको उपाधि भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू