अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२६ | Colorodo: 12:41

अब सबै दलको लडाई राष्ट्रपतिमा पर्छ, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ : केसी

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:५९ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले अब सबै राजनीतिक दलहरूको लडाई राष्ट्रपति कसलाई बनाउने भन्नेमा हुने बताउनुभएको छ।शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले सबै दलले कम्फर्टेबल राष्ट्रपति खोजेको बताउँदै गत पुस २६ गतेदेखि नै राष्ट्रपतिका लागि लडाई सुरु भएको बताउनुभयो ।

सांसद केसीले भन्नुभयो–‘सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिन्छ । त्यसले गर्दा राष्ट्रपतिले, सभामुखले दूधको–दूध, पानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ ? सक्दैन । यो रोगबाट हामी मुक्त हुनुपर्छ । हामीले संसदीय प्रणालीको बखान गर्न नथाक्ने अनि त्यसको नियमलाई प्रणालीलाई नमान्ने भएपछि वास्तवमा हामीले यो संसद्लाई राम्रोसँग चलाउन सक्दैनौँ ।’

अध्यक्ष केसीले पार्टीका नेताहरूले गरेको कुरा सुन्दा उपसभामुखको उम्मेदवार सभामुखको जस्तो भएको बताउनुभयो । उपसभामुखको अधिकार के हुन्छ र बखान गरेको रु भन्दै उहाँले प्रश्न समेत गर्नुभयो । नेपाल पितृसत्तात्मक देश भएको उल्लेख गर्दै केसीले महिलालाई अझै दोस्रो दर्जाको व्यवहार गर्ने गरिएको बताउँदै हरेक पदमा महिलालाई महिलासँग प्रतिस्पर्धी गराउनुपर्ने, दलितको कोटामा दलितसँग नै प्रतिस्पर्धा गराउनुपर्ने बताउनुभयो । महिलामाथि भएको विभेद महिलाले मात्रै हटाउन सक्ने बताउँदै उहाँले पुरुषले गराउन नसक्ने बताउनुभयो ।

केसीले नेपालको एयरपोर्टबाटै महिला बिक्री हुने गरेको र त्यहाँबाट हुन नसके भारत र श्रीलङ्काको एयरपोर्ट प्रयोग गरेर महिला बिक्री हुने गरेको थाहा छ कि छैन भन्दै प्रश्न समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू