अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४०
| Colorodo: 05:55
स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा रियाल मड्रिडलाई ३–१ ले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो । बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले १–१ गोल गरेका थिए ।
पराजित टोली रियाल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काएका थिए । बार्सिलोनाले ५ वर्षपछि सुपर कपको उपाधि जितेको हो । मुख्य प्रशिक्षक जाभीको नेतृत्वमा बार्सिलोनाको यो पहिलो उपाधि हो ।