अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

सरकारले २५ औं भूकम्प दिवस देशभर मनाउने

बिआरटीनेपाल २०७९ पुष २९ गते ५:४९ मा प्रकाशित

सरकारले २५ औं भूकम्प दिवस देशभर सचेतनामुलक कार्यक्रम गरी मनाउने भएको छ । आज शहरी विकास तथा भवन निर्माण विभागले पत्रकार सम्मेलन गरी भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार भन्ने मूलनारा साथ दिवस मनाउन लागेको जानकारी दिएको हो ।विभागले भूकम्पीय जोखिम न्युनिकरण तथा सचेतनाका कार्यक्रम गाउँपालिका, नगरपालिका, महानगरपालिका स्तरीय कार्यक्रम गरी देशव्यापी रुपमा मनाउने बताएको छ ।

पत्रकार सम्मेलनमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले २५ औं भूकम्प दिवसको मुल समारोह काठमाडौंको कमलपोखरीमा माघ २ गते गरिने जानकारी दिनुभयो ।

उहाँले भूकम्पीय सचेतनाको लागि सरकारले देश व्यापीरुपमा गरिने कार्यक्रमको सूची नै तयार पारेको बताउनुभयो । भवनसंहिता कार्यान्वयनको महत्व र विद्यमान भूकम्पीय जोखिमको बारेमा व्यापक प्रचारप्रसार गरी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू