अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 03:52

नदेखेको घाउ !

समिर आचार्य २०८१ असार ११ गते २१:५३ मा प्रकाशित

के हेर्छु के देख्छु म यो हस्पिटलको शैया बाट
के पाए के गुमाए मैले सधैँको यो अइया बाट

सोच्या जस्तो रैनछ जीवन चाहे जस्तो बन्न पाएन
कस्तो यो रोग लाग्यो मलाई शरीरले यो धान्न सकेन
थाके जस्तो लाग्न थाल्यो हिम्मत तर हारेको छैन
सधैँ राम्रो गर्न चाहे, आशा मैले मारेको हैन

के पाए के गुमाए मैले सधैँको यो अइया बाट
के हेर्छु के देख्छु म यो हस्पिटलको शैया बाट

निरश आशु बगी रा छन् मनमा कुरा खेली रा छन्
मेरो भाभी मेरा सृस्‍टि यो विवशता झेली रा छन्
आशा त्यो उज्यालो दिनको सुख शान्ति र सम्रिधीको
कमजोर शरीर निर्मम मन भो शिथिल सोच लाचार ज्यान भो

के हेर्छु के देख्छु म यो हस्पिटलको शैया बाट
के पाए के गुमाए मैले सधैँको यो अइया बाट

आफ्नै आफन्तकै माया लाग्छ सम्झँदा आशा टाढा भाग्छ
बाटो जिन्दगीको दोधारमा छ यता उता कता, कता भाछ
भगवान् तिमी छौ र त प्रार्थना छ
म हाँस्न नाच्न र रमाउन चाहन्छु म बाँच्न र जीवन बचाउन चाहन्छु

के हेर्छु के देख्छु म, यो हस्पिटलको शैयाबाट
के पाए के गुमाए मैले,सधैँको यो अइयाबाट
के देख्छु के हेर्न चाहन्छु, यो हस्पिटलको शैया
के छुन्छु के सुन्न चाहन्छु म, सधैँको यो अइयाबाट

प्रतिक्रिया