अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

राप्रपा सरकारमा सहभागी हुनुपर्ने पक्षमा बहुमत नेता

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:२५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ। धुम्बाराहीस्थित पार्टी कार्यालयमा जारी कार्यसम्पादन समिति बैठकमा सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको हो।पार्टी प्रवक्ता मोहन श्रेष्ठले बैठकमा बोल्ने कार्यसम्पादन समिति सदस्यमध्ये केहीले सरकारमा सहभागी हुनुपर्ने आवाज उठाएको जानकारी दिनुभयो ।

४० सदस्यीय कार्यसम्पादन समिति बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन्। यद्यपि, निर्णय भने भइसकेको छैन। श्रेष्ठले भन्नुभयोे, ‘निर्णय भइसेको छैन तर सरकारमा सहभागी हुनुपर्ने पनि आवाज उठेको हो।’ अहिलेसम्म २७ जना सदस्यले धारणा राखेका छन्। अहिलेसम्म सरकारमा जानुपर्ने स्वरमा बहुमत देखिएका कारण सरकारमा सहभागी हुने निर्णय हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू