अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

संसदलाई समस्या समाधानको थलो बनाऔं : सभामुख घिमिरे

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ५:५८ मा प्रकाशित

सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।सभामुख घिमिरेले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गर्नुभयो । उहाँले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताउनुभयो ।

सभामुख घिमिरेले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताउनुभयो । उहाँले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू