अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका निम्ति समितिले राय बुझायो

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:३८ मा प्रकाशित

गृह मन्त्रालयका सहसचिव भरतमणि रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयनका निम्ति राय दिएको छ । प्रतिवेदन अध्ययन गरेर समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सोमबार राय बुझाएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)की तत्कालीन प्रमुख एवं एआईजी किरण बज्राचार्यसहितका प्रहरी अधिकृतलाई प्रहरी नियमावली, २०७१ र सहसचिव झलकराम अधिकारी समेतका कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्नुपर्ने समितिले राय दिएको छ । समितिले आयोगको प्रतिवेदन अध्ययन गरेपछि उक्त राय दिएको हो । आयोगको प्रतिवेदनलाई नै परिमार्जन गर्ने अधिकार नभएको हुँदा त्यसमाथि उठाइएको प्रश्नबारे थप केही निर्णय नभएको सहसचिव भट्टराईले बताउनुभयो ।

गएको चैत ११ गते गृहमन्त्री लामिछानेले सहसचिव रिजालको नेतृत्वमा समिति गठन गर्नुभएको थियो । समितिमा डीआईजी भीम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य हुनुहुन्थ्यो । गएको साउनमा ३ मा राजस्व विभागले सिनामंगलबाट बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोग बनाइएको थियो । आयोगले सरकारलाई चैत १ मा प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू