अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

राष्ट्रियताको विषयलाई सस्तो नबनाऔं : रक्षामन्त्री उप्रेती

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ५:५५ मा प्रकाशित

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै रक्षामन्त्री उप्रेतीले देशमा राष्ट्रियताको विषय कमजोर देखिएको बताउनुभएको हो ।

रक्षामन्त्री उप्रेतीले विभिन्न व्यक्तिहरुले बैंकको किस्ता तिर्न नसक्दा र बच्चाहरुको फि तिर्न नसक्दा समेत राष्ट्रियताप्रति प्रश्न उठाउने गरेको भन्दै राष्ट्रियतालाई सस्तो विषय नबनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नो मौलिकता, संस्कृति र परम्परामाथि समेत प्रहार गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो ।

रक्षामन्त्री उप्रेतीले विगतमा जस्तो सीमामा तरबार लिएर बसेमात्रै राष्ट्रिय सुरक्षा नहुने भन्दै अहिले वातावरण, भोकमरी लगायतका कुराहरुसँग पनि लड्दै राष्ट्रिय सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सुरक्षाको सवालमा ‘होल अफ द नेशन’को अवधारणाले मात्रै काम गर्ने पनि बताउनुभयो ।

रक्षामन्त्री उप्रेतीले देशको सम्पदाको महत्वलाई बुझ्नुपर्ने बताउनुभयो । प्राकृतिक स्रोत सम्पदाहरुले धनि भएर पनि नेपाल गरिव हुनु आठौँ आश्चर्य भएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले प्राकृतिक स्रोत, सम्पदाको समुचित प्रयोग गर्न सके देश दश वर्षमा धनि बन्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू