अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

प्रचण्ड सरकारलाई विभाजित दुवै जसपाको समर्थन

बिआरटीनेपाल २०८१ वैशाख २५ गते ६:३७ मा प्रकाशित

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएर जनता समाजवादी गठन भएको छ। यी दुवै दलले पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको अहिलेको सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेका छन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सदस्यले आइतबार पार्टी विभाजन गरेका थिए। नयाँ पार्टी जसपालाई निर्वाचन आयोगले सोमबार मान्यता दिएको थियो।

नवगठित जनता समाजवादीका महासचिव मोहम्मद इस्तियाक राईले सोमबार विज्ञप्ति निकालेर प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय भएको उल्लेख गर्नुभएको छ । संसदीय दल नेता अशोक राईको अध्यक्षतामा बसेको बैठकले अहिलेकै सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो। नवगठित जनता समाजवादीमा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी पनि हुनुहुन्छ ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पनि अहिलेको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएको छ। अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री पनि हुनुहुन्छ । पार्टीका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताउनुभयो। अध्यक्ष यादवले मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो ।

‘आज बिहान प्रधानमन्त्रीसँग अध्यक्षले कुरा गर्नुभयो। प्रधानमन्त्रीलाई केही अप्ठेरो भए मार्गप्रशस्त गरिदिन्छौं भनेर अध्यक्षले भन्नुभएको थियो,’ प्रवक्ता सुमनले भन्नुभयो, ‘उहाँले केही अप्ठेरो छैन। तपाईंहरूको साथ समर्थन हामीलाई रहिरहोस् भन्नुभएको थियो।’ उहाँले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन निरन्तर रहने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू