अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२८ | Colorodo: 12:43

राष्ट्रिय पोशाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:४२ मा प्रकाशित

नेकपा ९एमाले० का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिनुभएको छ ।
मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

”अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ। शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छ”, रायमाझीले भन्नुभयो । संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको छ । ज्येष्ठ सदस्यबाट शपथ गराउने प्रावधान अनुसार राणाले बिहीबार अन्य सांसदलाई शपथ गराउनुुहने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू