अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

राप्रपा अध्यक्ष लिङदेनसँग चिनियाँ कूटनीतिज्ञको भेट

बिआरटीनेपाल २०७९ पुष २ गते ५:१२ मा प्रकाशित

नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नुभएको छ । राप्रपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटमा वाङले राप्रपाको चुनावी सफलताका लागि बधाई र शुभकामना दिनुका साथै अबका दिनमा राप्रपा कसरी अघि बढ्छ भन्नेबारे पनि चासो राख्नुभएको छ ।

पार्टी अध्यक्ष लिङ्देन निकट नेताका अनुसार कार्यवाहक राजदुत वाङले घुमाउरो शैलीमा नयाँ सरकारमा राप्रपाको सहभागिताबारे चासो राख्नुभएको थियो ।राप्रपाले हालै सम्पन्न चुनावमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेर प्रतिनिधिसभामा पाँचौ शक्ति बनेको छ । सरकार गठनको लागि राजनीतिक दलहरुबीच गृहकार्य जारी रहँदा राप्रपाले भने सरकारमा जाने/नजाने विषयमा स्पष्ट धारणा सार्वजनिकगरेको छैन् । भेटमा अध्यक्ष लिङदेन र नेताद्वय ध्रुवबहादुर प्रधान तथा भुवन पाठक सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू