अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

बिआरटीनेपाल २०७९ पुष १ गते ५:५९ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन भन्दै प्रदर्शन गरेको छ । सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले शुक्रबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले तीन बुदे कार्यान्वयन गर, आस्थाका बन्दी रिहाइ गर लगायतका नारा लगाएका थिए ।  तीन बुँदे कार्यान्वयनका लागि नेकपाले भोलि (शनिबार) कोणसभा, आइतबार जिल्ला सदरमुकाम र मुख्य सहरमा अन्तर्क्रिया, सोमबार देशैभर मसाल जुलुस गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू