अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०६ | Colorodo: 06:21

काठमाडौंमा अन्तर्राष्ट्रिय सौन्दर्य सम्मेलन हुँदै

बिआरटीनेपाल २०७९ पुष १ गते ५:४० मा प्रकाशित

काठमाडौंमा सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । विगत २१ वर्षदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील संस्था जुम ब्यूटी एकेडेमीले आगामी पुष ९ गते शनिबार काठमाडौंमा ग्राण्ड ब्यूटी सेमिनार आयोजना गर्न लागेको हो ।

सेमिनारमा बैंककस्थित बायोटच इन्टरन्याशनल एकेडेमीकी कार्यकारी अध्यक्ष एवं प्रशिक्षक टीडा विवाट्टडा लगायत विज्ञको उपस्थिति हुने आयोजकले जनाएका छन् ।

एकदिने ग्राण्ड ब्यूटी सेमिनारमा सौन्दर्य सम्बन्धी अत्याधुनिक प्रविधिका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत जुनु चक्रधरले जानकारी दिनुभयो ।

प्रतिक्रिया