अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएन : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:३७ मा प्रकाशित

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको बताउनुभएको छ । तेस्रो लगानी सम्मेलनमा जारी रहँदा अध्यक्ष नेपालको सो टिप्पणी आएको हो ।

अध्यक्ष नेपालले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धनका लागि सहज वातावरण बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो । नेपालमा अनाआवश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरु इच्छुक रहेको विदेशी लगानीकर्ताहरुले आफूलाई समेत भन्ने गरेको अध्यक्ष नेपालको भनाई थियो । उहाँले देश र जनताको हित हुने गरी काम गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष नेपालले राज्यले दिनुपर्ने सुविधाहरु सहज रुपमा उपलब्ध गराए नेपालमा जति पनि पैसा ल्याउन सक्छौँ भन्नेकुरा लगानीकर्ताहरुबाट आउने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष नेपालले नेपालमा लगानी प्रवद्र्धन हुन नसक्नुको कारणको खोजी गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया