अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

स्पेनद्वारा प्रशिक्षक लुइस एनरिक बर्खास्त

बिआरटीनेपाल २०७९ मंसिर २२ गते ७:०९ मा प्रकाशित

स्पेनले टिमका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको छ। विश्वकपको नकआउट चरणबाट बाहिरिएको दुई दिनपछि स्पेनिस फुटबल संघले टोलीका मुख्य प्रशिक्षक लुइस एनरिकलाई बर्खास्त गरेको हो।५२ वर्षीय प्रशिक्षक एनरिकले २०१८ देखी स्पेनिस टिम समालेका थिए। उनले २०२० मा स्पेनलाई युरोकपको सेमिफाइनलमा पुर्‍याएका थिए।

स्पेनिस फुटबल संघले लुइस एनरिक र उनको कोचिङ टिमलाई धन्यवाद दिएको छ।जारी विश्वकपमा भने स्पेन जापानसँग अप्रत्यासित हारपछि समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो।

तर मंगलबार मोरक्कोसँग अप्रत्यासित रुपमा पेनाल्टी सुटआउटमा पराजित भएर अन्तिम १६ बाटै बाहिरिएपछि एनरिकमाथि दबाब परेको थियो। उनलाई संघका अध्यक्ष लुइस रुबियालेस र जोसे फ्रान्सिस्को मोलिनाले हटाउने निर्णय लिएको डेलि मेलले जनाएको छ। केही सञ्चारमाध्यामले भने उनले राजिनामा दिएको दाबी गरेका छन्।

प्रतिक्रिया