अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिगको ड्राफ्टमा

बिआरटीनेपाल २०७९ मंसिर २१ गते ५:४१ मा प्रकाशित

नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) ड्राफ्टमा परेका छन् । नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् ।पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरु अटाएका हुन् ।

यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि बुधबार सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो । आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया