अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

अर्जेन्टिनालाई नकआउट पुग्नै सकस

बिआरटीनेपाल २०७९ मंसिर १४ गते ५:०५ मा प्रकाशित

जारी विश्वकपमा अर्जेन्टिना तुलनात्मक रुपमा सहज समूहमा परेपनि विश्वकपको समूहचरण पार गर्ननै उसले सकसपुर्ण यात्रा तय गर्नु परेको छ। समूहचरणबाट नकआउटमा पुग्ने यात्राले आज पोल्यान्ड विरुद्वको खेलसँगै पुर्णाता पाउनेछ।हरेक विश्वकपमा दावेदार मानिन्दै आएको अर्जेन्टिनाका लागि समूह सी मा तुलनात्मक रुपमा सहज टोलीको सामना गर्नु पर्ने अनुमान विपरित पहिलो खेलमानै अप्रत्यासित हार ब्योहोर्योन। एसियाली प्रतिद्वन्द्धी साउदी अरेबियासँग २-१ ले पराजित भएपछि दोस्रो खेलमा ठुलो मानसिक दबाबबिच मेक्सिकोलाई २-० ले हराएर पुनरागमन गरेको थियो।

अर्जेन्टिनाको जितसँगै समूह सी को समिकरणमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब रहने छ। अंङ्क तालिकामा पोल्यान्ड ४ अंङ्कका साथ शीर्ष स्थानमा रहँदा अर्जेन्टिना ३ अंङ्कका साथ दोस्रो र साउदी पनि समान ३ अंङ्कका साथ तेस्रो स्थानमा रहेको छ। मेक्सीकोको १ अंङ्क रहेको छ। आजनै मेक्सीको र साउदी अरेबियापनि प्रतिस्पर्धा गर्ने छन्। नेपाली समय अनुसार खेल मध्य रात १२:४५ मा सुरु हुने छ। अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई स्टार फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको भिडन्तका रुपमा समेत हेरिएको छ। अर्जेन्टिनालाई अघिल्लो चरणका लागि जित आवश्यक छ। तर मेक्सीकोले साउदीलाई बराबरी या साँघुरो जित निकालेपनि अर्जेन्टिनालाई बराबरीले नकआउट चरण पुर्यातउने छ। ४ अङ्क हुँदा मेक्सीको, साउदी र अर्जेन्टिनाबिच गोल अन्तरमा अघि रहने टिमले नकआउटमा स्थान बनाउनेछ।

अर्जेन्टिना जितेर साउदी बराबरी वा हार बेहोरे अर्जेन्टिना समूह विजेता बन्नेछ। अर्जेन्टिना र साउदी दुवैले जित हासिल गरे गोल अन्तरले समूह विजेता र उपविजेता निर्णय हुने छ। अर्जेन्टिना र पोल्यान्डको खेल बराबरीमा सकिएको अवस्थामा भने अर्जेन्टिना अघि बढ्न मेक्सिकोले जित वा बराबरी नतिजा निकाल्नुपर्ने छ।

अर्जेन्टिना बराबरी खेलेर साउदी जितेको अवस्थामा अर्जेन्टिनाको विश्वकप यात्रा समाप्त हुनेछ। अर्जेन्टिना हारेमा साउदी र मेक्सीको बिचको विजेताले नकआउटमा स्थान बनाउने सम्भावना रहन्छ। यी दुई टोलीबिच अहिलेसम्म ११ पटक प्रतिस्पर्धा हुँदा अर्जेन्टिनाले ६ खेल जित निकालेको छ। पोल्यान्डले भने ३ खेल आफ्नो पक्षमा पारेको छ। पछिल्लोपटक यि दुई टोलीबिच सन् २०११ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा हुँदा पोल्यान्ड २-१ ले विजयी भएको थियो।

प्रतिक्रिया