अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

कतार विश्वकप : समूह चरणका अन्तिम खेल आजबाट

बिआरटीनेपाल २०७९ मंसिर १३ गते ५:०५ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणका अन्तिम खेल आज मंगलबारबाट हुँदैछ । अहिलेसम्म प्रत्येक टोलीले समूह चरणमा २–२ खेल खेलिसकेका छन् ।मंगलबार विश्वकपमा समूह चरणका ४ खेल हुनेछन् । पहिलो दुई खेल नेपाली समयअनुसार राति पौने १० बजेबाट हुनेछ भने बाँकी दुई खेल राति पौने १ बजेबाट हुनेछ ।

समूह ‘ए’ मा रहेका आयोजक कतार र ईक्वेडर तथा नेदरल्याण्ड्स र कतारबीचको खेल साँझ पौने ९ बजे बाट सुरु हुनेछ । यस खेलबाट समूह ए बाट नकआउट चरणमा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ । यसैगरी, राति पौने १ बजे सुरु हुने समुह ‘बी’ का खेलहरुमा वेल्सले इंग्ल्याण्डसँग खेल्दा इरानले अमेरिकाको सामना गर्नेछ । यस खेलबाट समूह ‘बी’ बाट नकआउट चरणमा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया