अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

विश्व कपमा इरानले वेल्सलाई हरायाे

बिआरटीनेपाल २०७९ मंसिर ९ गते ५:४२ मा प्रकाशित

कतारमा चलिरहेको विश्व कप फुटबल अन्तर्गत आज शुक्रवारको पहिलो खेलमा इरानले वेल्सलाई हराएको छ ।

केहीबेरअघि सकिएको खेलमा इरानले वेल्सलाई २–० गोलले हरायो । इरानका लागि थपिएको समयको नवौँ मिनेटमा चेस्मीनीले र अन्तिम मिनेटमा रामिन रेजियानले गोल गरे ।

वेल्सका गोलकिपर वाइनी हेनेस्सीले ८६ औँ मिनेटमा रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा सीमित थियो । आजको जितसँगै इरान दुई खेलमा तीन अङ्क जोडेर समूह ‘बी’ को दोस्रो स्थानमा पुगेको छ । वेल्स १ अङ्कसहित पुछारमा पुगेको छ ।

प्रतिक्रिया