अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

फिफा विश्वकप-सोमबार तीन खेलहरु हुँदै

बिआरटीनेपाल २०७९ मंसिर ५ गते ४:२३ मा प्रकाशित

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछन् । कतार विश्वकपमा सोमबार समूह ‘ए’ को एक खेल हुँदैछ । यस्तै समूह ‘बी’ को दुई खेल हुने तालिका रहेको छ ।सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।

समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।समूह ‘बी’ अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।त्यस्तै समूह ‘ए’ अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया