अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

बिआरटीनेपाल २०७९ मंसिर ४ गते २०:२० मा प्रकाशित

विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेकाे छ । कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएकाे हाे । इक्वेडरका लागि दुवै गोल इडर भ्यालेन्सीयाले गरेका हुन् । जितसँगै इक्वेडरले समूहमा ३ अंक जोड्दै अग्रता लिएको छ ।फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो ।

इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।

चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि गोल गर्न सकेनन् । आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार बेहारेको छ । योसँगै पहिलो खेलमा हार बेहोर्ने आयोजक राष्ट्र कतार बनेको छ ।

प्रतिक्रिया