अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

उम्मेदवारलाई निर्वाचन आयोगले कानूनअनुसार कारबाही गर्छ -प्रमुख आयुक्त थपलिया

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ५:४९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलका उम्मेदवारलाई आयोगले कानूनअनुसार कारबाही गर्ने बताउनुभएको छ ।विराटनगरमा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइएको आरोप समेत लगाउनुभयो ।

आयोगले बिहीबार नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै स्पष्टीकरण पत्र पठाएको थियो । नेता नेपालले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको भन्दै कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको थियो । व्यवस्थित, मर्यादित र विश्वसनीय निर्वाचनका लागि आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी दुुईवटा नारा अगाडि सारेको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू