अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

‘सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै’-गृहमन्त्री बालकृष्ण खाण

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ६:४८ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गर्दै आएको बताउनुभयो । रुपन्देहीको सियारी गाउँपालिका २ मा पाँच दलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा बोल्दै खाणले अहिले धेरैले आफूलाई राष्ट्रवादी बनाउने कोसिस गरिरहेको बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली नै राष्ट्र र राष्ट्रियताप्रति सच्चा पहरेदार रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रका बासिन्दालाई सरकारले सधैँ उच्च सम्मान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू