अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतकाे आदेश

बिआरटीनेपाल २०७९ कार्तिक ३ गते ६:४० मा प्रकाशित

कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

थुनछेक बहसपछि सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताउनुभयाे ।उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा मुद्दा दायर गरेको थियो ।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू