अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

आचारसंहिता कार्यान्वयनका लागि दल र उम्मेदवारलाई आयोगको ७ बुँदे निर्देशन

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:४९ मा प्रकाशित

निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका लागि ७ बुँदे निर्देशन दिएको छ । कतिपय राजनीतिक व्यक्तित्वहरूबाट पदमा रहेका र उनीहरूले निर्वाचन प्रचार–प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग  गर्ने लगायतका कार्य भएको पाइएको भन्दै आयोगले ७ बुँदे निर्देशन दिएको हो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिइएको आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू