अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

ओलीसँग फोनमा कुरा गर्न १ लाख १३ हजारले टिपाए नाम र नम्बर

बिआरटीनेपाल २०७९ कार्तिक २ गते ६:४१ मा प्रकाशित

एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सर्वसाधारणसँग फोनमा संवाद गर्दै हुनुहुन्छ । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय दिइएको छ।ओलीसँग संवाद गर्न बुधबार दिउँसो साढे ३ बजेसम्म एक लाख १३ हजार चार सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्। उहाँले यो उत्साहपूर्ण सहभागिताले आफूलाई खुसी लागेको बताउनुभएको छ ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा ओलीले झन्डै सवा लाख मानिसले आफूसँग संवाद गर्न चाहेको र धेरै नाम आएकाले बिहीबार १२ बजेसम्म नाम टिपाउन सकिने जानकारी दिनुभएको छ । संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम छ ।

ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गर्नुभएको थियो । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू