अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

भाइ फर्की आएन

रुद्र दाहाल, क्यालगरी,क्यानडा २०७९ असोज २९ गते १४:३१ मा प्रकाशित

खबर खबर आजसम्म केही पनि आएन
मातृभूमि फर्कनलाई भाइले मन लाएन
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

दिन, महिना, वर्ष बिते उसको खबर थाहा छैन
एक पटक नि के छ खबर बात सम्म भा छैन
भेटै भएन,आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

निष्ठुरी त थिएन उ के भो उसलाई अहिले
किन उतै बस्यो होला बुझिन नि मैले (मइले)
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

माया उसले साह्रै गर्थ्यो अब फरक भयो कि?
उतैतिर कसले उसलाई मोहनी पो लायो कि?
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

देशको हालत सुध्रिएन त्यसकै चिन्ता मान्यो कि?
उतै बस्दा सुरक्षित हुन्छु भनी उसले ठान्यो कि ?
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

उही जमेँ नि के हुन्थ्यो र खबर खबर गरेमा
हामलाई पनि खुसी लाग्थ्यो उन्नति नै गरेमा
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

आँसु कति बगाऊँ मैले उसकै पिर मानेर
एक पटक त आइदिए हुन्थ्यो पीडा मेरो जानेर
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

भाइ तिमि फर्की आउँ नेपाल आमा रुँदै छन्
तिमि जस्तै लाखौँ युवा विदेश पलायन हुँदै छन्
भेटै भएन, आउँछु भन्थ्यो फर्केर आउँदै आएन- २

प्रतिक्रिया