अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

नयाँ वर्षको शुभकामना

रुद्र दाहाल, क्यालगरी,क्यानडा २०७८ पुष १७ गते १८:१५ मा प्रकाशित

नयाँ वर्ष खुसी लिइ, आऊ हामी माझ
संसारलाई पीडामुक्त, बनाइ साझा घर
विगतमा जे जे भए, बिर्षौ सबले भुली
कोरोनाले विश्राम लेऒस, बाच्न पाऊं खुली।

मनोकांक्षा पुरा हॊउन, बिघ्नबाधा हटूँन
रोगब्याधी छेउ नपरून्, चित्त शान्त रहुँन
शत्रु सधैँ विनाश होउँन, विजयको बिगुल बजोस
नयाँ साल सबका लागि, सफल साल बनॊस। ।

सुख शान्ति समृद्धिले, सबका संघार चुमोस्
छुट्पूट रहेका काम, यसै वर्ष बंनुन
हरपल हरदम, सफलताले चुमोस्
नयाँ वर्ष सबका लागि, फलदायी बनोस्

यही छ हजुरहरू सबैलाई मेरो तर्फबाट वर्ष २०२२ को हार्दिक मङ्गलमय शुभकामना !

प्रतिक्रिया