अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

पोखरामा अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु, १४ सय खेलाडी प्रतिस्पर्धामा

बिआरटीनेपाल २०७९ असोज ६ गते ६:१४ मा प्रकाशित

पोखरामा बिहीबारदेखि ‘तस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ सुरु भएको छ । तेक्वान्दो संघ गण्डकीको आयोजनामा ६ देखि ९ असोजसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा यो सहित जि–२ र्याङकिङ तथा प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२ सुरु भएको हो । प्रतियोगितामा १३ देशका १४ सय २५ खेलाडीले भाग लिंदै छन् ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्नुभयो । २ वर्षअघि हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण पछि धकेलिएको थियो ।सिनियर र जुनियरतर्फ १४ देखि ६० वर्षमाथिको इभेन्टमा महिला पुरुष गरी विभिन्न तौल समूहमा खेल हुने छ । पुम्सेतर्फ १४ देखि ६० वर्षमाथि एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले बताउनुभयो ।

प्रतियोगिताको लागि तेक्वान्दो महासंघको छाता संस्था वल्ड तेक्वान्दोका अध्यक्ष डा. चोउ चुङ ओन, एशियन तेक्वान्दो फेडेरेसन अध्यक्ष प्रोफेसर लिक्यू सिोओक लगायतको विशिष्ट टोली पोखरामा रहेको छ । तेक्वान्दो संघ गण्डकी अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समिति सचिव जगन गुरुङका अनुसार एउटै खेलका लागि यति ठूलो संख्याको सहभागिता नेपाली खेलकुदको इतिहासमै पहिलो हो ।

प्रतिक्रिया