अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

बिआरटीनेपाल २०७९ असोज ६ गते ६:१२ मा प्रकाशित

बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

यसअघिका प्रशिक्षम मोहमद अल्मुताइरीसँगको विवादका कारण टोलीबाट निकालिएका १० जना खेलाडीले पुनरागमन गरेका छन् ।रितिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टिममा परेका छन् । चोटका कारण सुनिल बल टोलीमा परेका छैनन् ।

प्रशिक्षक हुमागाईँले कप्तान भने घोषणा गरेका छैनन् । उनले खेलअघि कप्तान घोषणा गर्ने बताए । नेपालले असोज ११ गते बंगलादेशसँग दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू