अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५५ | Colorodo: 09:10

नेपालमा २४ घण्टामा २ सय ८६ जनामा कोरोना पुष्टि

बिआरटीनेपाल २०७९ भदौ ५ गते ७:५० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ४ सय २३ जनाको नमुना परीक्षण गर्दा २ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा ४ सय ७९ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा ४ हजार ३ सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू