अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक: उच्चतम मात्रामा अक्सिजन र रक्तचापको औषधि

बिआरटीनेपाल २०७९ भदौ ४ गते ७:५२ मा प्रकाशित

उपचाररत कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था चिन्ताजनक नै रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार उहाँको रक्तचाप सन्तुलित गर्नका लागि अधिकतम मात्रामा औषधि चलाइएको छ। यस्तै गिरीलाई उच्चतम मात्रामा अक्सिजन समेत दिइएको अस्पतालले जनाएको छ।

नेता गिरि बिगत तीन सातादेखि ललितपुरको मेडिसिटि अस्पतालमा उपचाररत हुनुहुन्छ । गिरिलाई शुक्रबार परिवारको आग्रहमा भेन्टिलेटरबाट निकालिएको थियो। भारतको मुम्बईस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराएर नेपाल फर्किएका गिरि लगत्तै मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय उहाँलाई निमोनियाले सताएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू