अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

सन्दीप लामिछानेको वरीयता सुधार

बिआरटीनेपाल २०७९ भदौ २ गते ८:४७ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी बलिङ वरीयतामा सुधार आएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै ४० औं स्थानमा उक्लिएका हुन् ।बलिङतर्फ नै अविनाश बोहरा एक स्थान सुधार गर्दै ९४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ आसिफ शेख एक स्थान सुधार गर्दै ९७ औं स्थानमा उक्लिएका छन् ।

कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंह ऐरी ४२ औं स्थानमा यथावत छन् । अलराउण्डरतर्फ पनि दीपेन्द्र ८ औं स्थानमा यथावत रहेका छन् । एकदिवसीयतर्फ सन्दीप ३४ औं स्थानमा यथावत रहँदा सोमपाल कामी ९४ र करण केसी ९५ औं स्थानमा झरेका छन् । एकदिवसीय ब्याटिङतर्फ रोहित पौडेल ८१ औं र आसिफ शेख १०० औं स्थानमा यथावत छन् । नेपालको एकदिवसीय वरीयता १९ औं स्थानमा रहदा टी–ट्वान्टीतर्फ १४ औं स्थान रहेको छ ।

प्रतिक्रिया