अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

कोलोराडोमा ग्लोबल फेस्ट हुँदै

बिआरटीनेपाल २०७९ साउन ३१ गते १३:१५ मा प्रकाशित

कोलोराडो । कोलोराडोको अरोरा सहरमा ग्लोबल फेस्ट २०२२ हुने भएको छ । गत दुई वर्ष देखी कोरोनाको कारण बन्द भएको फेस्ट यो वर्षबाट फेरी सुरु हुने भएको छ । ग्लोबल फेस्ट अगस्ट २० मा बिहान ११ बजे देखी साँझ ६ बजे सम्म हुने आयोजकले जनाएका छन् ।

फेस्टमा सहभागी हुन कोलोराडो निवासी विभिन्न ४० देशका मानिसहरू आउने छन्, साथै फेस्टमा कोलोराडो निवासी नेपालीहरू पनि सहभागी हुने भएका छन् । फेस्टमा सहभागी हुन डा. सङ्गीता स्रोत्रियाले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेकी छन् । फेस्ट अरोराको म्युनिसिपल बिडिङमा हुँदैछ । उक्त फेस्टिभलमा भाग लिने नेपालीले नेपाली पहिरन लगाउनु पर्नेछ । अन्य जानकारीको लागि सङ्गीता स्रोत्रियासँग सम्पर्क गर्न सकिनेछ ।

फेस्ट हुने ठेगाना:
15151 E. Alameda Parkway
Aurora Co 80012

प्रतिक्रिया