अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

टी-ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनौटका लागि ड्राफ्ट गरिने

बिआरटीनेपाल २०७९ साउन २६ गते ७:४९ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टी–ट्वान्टी लिगको पहिलो संस्करणमा खेलाडी छनोटका लागि ‘ड्राफ्ट’ गरिने भएको छ ।खेलाडीको बारेमा टिमलाई पर्याप्त जानकारी नरहने भएकाले पहिलो संस्करणमा ड्राफ्टमार्फत खेलाडी छनोट गरिने नेपाल टी–ट्वान्टीका गभर्निङ काउन्सिलले जनाएको छ ।

खेलाडीको ड्राफ्ट आगामी महिनाको पहिलो सातामा गर्ने तयारी रहेको काउन्सिलले जनाएको छ । एक टोलीमा जम्मा ११ जना नेपाली खेलाडी रहने छन् । टिम १६ जनाको बनाउनु पर्ने छ । हरेक टोलीले ५ जना विदेशी खेलाडी भित्र्याउन सक्नेछ ।

पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ । क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया